back

बैंकिङ्ग प्रणालीमा एकैदिन ७ अर्ब भित्रीयो, कर्जा लगानी पनि ६ अर्बले बढ्यो

काठमाडौं । बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात् अन्तर सापाटीको ब्याजदर फेरी बढ्न थालेको छ । गत हप्ता घटेर २ प्रतिशत हारहारीमा झरेको उक्त ब्याजदर यो हप्ता भने ह्वात्तै बढेको हो।

सोमबार बैंकहरुबीच अन्तर सापटीको ब्याजदर ५.११ प्रतिशत पुगेको हो । आइतबार नै त्यो ४ प्रतिशत भन्दा कम थियो । राष्ट्र बैंकका अनुसार आइतबार अन्तर बैंक कारोबारको ब्याजदर ३।९५ प्रतिशत थियो । तर, एकै दिन त्यो ह्वात्तै बढेको हो ।

बिशेषगरि पछिल्लो समय कर्जाको माग न्युन हुदाँ अन्तर बैंक कारोबार पनि न्यून छ । त्यसले गर्दा यस्तो व्याजदर घट्दै गएको थियो । केही समय अघि साढे ८ प्रतिशत रहेको यस्तो व्याजदर घटेर २ प्रतिशत हाराहारी आएको थियो । तर, अहिले भने यस्तो व्याजदर बढेको हो । अहिले बैंकहरुमा निक्षेप बढ्दै गएको छ । तर, कर्जाको माग भने अझै बढेको छैन ।

त्यसले गर्दा बैंकहरुमा पैसा थुप्रीदै गएको छ । हाल बैन्किङ प्रणालीमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप भित्रीएको छ । नेपाल रास्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यो गत सोमबारसम्मको अपडेट हो ।शनिबारसम्ममा भने ५५ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो ।

बाणिज्य बैंकमा एकैदिन ७ अर्बले निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ । आइतबारसम्म भने बाणिज्य ४९ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ ।

आइतबारसम्म आइपुग्दा कुल कर्जा लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । बाणिज्य बैंकको मात्रै कर्जा लगानी एकैदिन ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० पनि क्रमिक रुपमा सुधार हुँदै आएको छ । अहिले यस्तो अनुपात ८४ प्रतिशत भन्दा तल झरेको छ ।

एकदिनमै सीडी रेसियो शून्य दशमलव २ प्रतिशतले घटेको छ । योसंगै हाल बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८३.९२ प्रतिशत कायम भएको छ । गत आइतबारसम्म भने सीडी रेसियो ८४.०२ प्रतिशत रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरु हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरि कर्जा प्रवाह गर्न पाउछन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...