back

जनरल इन्स्योरेन्सको नाफामा उछाल, यस्ता छन् सबै लोभलाग्दा सूचकहरु

२७ वैशाख,काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १०७.४८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यता, खुद बीमा शुल्क भने १६.१० प्रतिशतले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीले यस्तो रकम गत वर्षको सोही अवधिमा १९ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १००.९९ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष ११५.३९ प्रतिशतले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ रहेको छ गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको दावी भुक्तानी ८२.२० प्रतिशतले बढेर १९ करोड ९५ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९५ लाख १२ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ०२ पैसा रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

सहकारी ठगको सम्पत्ति जफत गरी बचत फिर्ता गरिने: ‘चक्रीय कोष’ मार्फत साना बचतकर्तालाई प्राथमिकता

वि.सं.२०८३ वैशाख १३ आइतवार १६:४५

काठमाडौं । सहकारीको बचत अपचलन गरी फरार रहेका वा दायित्व...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...