back

अनुदानका अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

२७ वैशाख, काठमाडौँ–चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको हो ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन शिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज बेईजिङ जान लागेको हो । आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको श्रेष्ठले बताए ।

अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताए । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वि.सं.२०८३ साउन १४ बिहीवार १७:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै...