back
skip this gaugauma singhadarbar

अनुदानका अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

२७ वैशाख, काठमाडौँ–चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको हो ।

वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन शिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज बेईजिङ जान लागेको हो । आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको श्रेष्ठले बताए ।

अहिलेको विपद्को अवस्थामा सरकारबाट निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताए । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

gaugauma singhadarbar

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१३

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास...

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:०९

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार...

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्यमा अर्याल

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३९

काठमाडौं । एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव...

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

चिकित्सकले नै कन्सल्टेन्सीको विज्ञापन गर्न थालेपछि मेडिकल काउन्सिलको ध्यानाकर्षण

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:५५

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकले नै शैक्षिक परामर्श...

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना विरुद्ध मुद्दा दायर, काे काे परे ?

वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको...

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सिलवालविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

वि.सं.२०८२ मंसिर १७ बुधवार १७:५८

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार...