back

बनेपामा संयुक्त आइसोलेसन

२७ वैशाख, काठमाडौँ–कोरोना सङ्क्रमणको अवस्था झन् बढ्दै गएपछि बनेपाका स्थानीय तहले आइसोलेसन व्यवस्थापन गरेका छन् । काभ्रेपलाञ्चोकका भुम्लु गाउँपालिकाले सङ्क्रमितको उपचारका लागि थप सहजता सिर्जना गर्न पाँचखालमा पाँचखाल नगरपालिकासँगको साझेदारीमा आइसोलेसन केन्द्रको व्यवस्थापन गरेको हो ।

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्तरुपमा आइसोेलेसन व्यवस्थापन गर्न आइतबार दुवै पालिकाबीच व्यवस्थापकीय विषयमा साझेदारीरुपमा काम गर्ने गरी १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल–४ मा रहेको समाजकल्याण प्राथमिक विद्यालयको भवनमा ५० श्ययाको संयुक्त आइसोलेसन बनाउने विषयमा पाँचखालका नगरप्रमुख महेश खरेल र भुम्लुका अध्यक्ष गुमानध्वज कुँवरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरसँगै व्यवस्थापनको कामसमेत अगाडि बढाइएको हो । जिल्लामा पनि कोरोना भाइरस(कोभिड–१९)को दोस्रो लहर फैलिरहेको अवस्थामा उच्चरुपमा सङ्क्रमित दरमा वृद्धि हुँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक पूर्वतयारी स्वरुप दुवै पालिका आइसोलेसन कक्षको व्यवस्थापनमा जुटेका ती पालिकाले जनाएका छन् ।

आइसोलेसन व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापन, स्वास्थ्यकर्मीको व्यवस्थापन, रेखदेख र सरसफाई संयुक्त गर्ने, स्वास्थ्य सामग्री व्यवस्थापन संयुक्त गर्ने, खाना–खाजा खर्च संयुक्त गर्ने, उपकरण संयुक्त खरिद गर्ने आइसोलेसनका लागि आवश्यक जनशक्ति दुवै पालिकाले परिचालन गर्दै कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

आइसोलेसन केन्द्रमा रहेका सबै श्ययामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको छ भने चौबीसै घण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । सो केन्द्रमा उपचाररत बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था भएमा दुवै पालिकाको समन्वयमा थप उपचारको लागि पठाइने व्यवस्था मिलाउने बारेमा समेत सहमति गरेको छ । केन्द्रको रेखदेख र सरसफाइकर्मी व्यवस्थापनका लागि दुवै पालिकाले पारिश्रमिक खर्चसमेत आधा÷आधा व्यहोर्ने गरी काम अगाडि बढाइएको छ ।

आइतबार नै सो केन्द्रमा दूई जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको भुम्लुका अध्यक्ष कुँवरले बताए । यसअघि पाँचखालले आफ्नै सक्रियतामा अक्सिजनसहित १५ श्ययाको आइसोलेसनको व्यवस्थापन गरिसकेको थियो । पछि दुवै पालिकाको समन्वयमा सोही केन्द्रमा थप ५० श्ययाको आइसोलेसन व्यवस्थापन गरिएको हो । केन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बल पाँचखालले सुरक्षा दिइरहेको छ ।
यसअघि नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा रहेको जनक बहुमुखि क्याम्पसमा ४० श्ययाको आइसोलेसन कक्षको स्थापना गरेर सञ्चालनमा ल्याएको छ । भुम्लुले थप पूर्वतयारीका लागि वडा नं ७ भुम्लुवेंशीमा यह वैशाख १ गतेदेखि नै पाँच श्ययाको ‘भुम्लु आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएको छ । त्यसरी सञ्चालन गर्दै आएको अस्पतालका डाक्टर नै सङ्क्रमित भएपछि सेवा बन्द गरिएको अस्पताल पुनःसञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।

त्यस्तै पनौती नगरपालिका–४ को नयाँ निर्मित वडा कार्यालयको भवनमा २५ श्ययाको आइसोलेसन कक्षको व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रमा अक्सिजनसहितको व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।


मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

वि.सं.२०८१ पुस १० बुधवार १७:२२

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा...

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

वि.सं.२०८१ साउन ३० बुधवार १०:५७

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

वि.सं.२०७९ जेठ २३ सोमवार १०:०७

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली...