उत्पादन र रोजगारी सिर्जनाहुने कार्यक्रममा लगानी गर्न एडिबीलाई उपाध्यक्ष डा. श्रेष्ठको आग्रह
एडीबीले नेपालको भौतिक पूर्वाधार लगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ ।
वि.सं.२०८० वैशाख ११ सोमवार
काठमाडौं। राष्ट्रिय योजनाआयोगकाउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइस बीच भेटवार्ता भएको छ ।
सिंहदरबार स्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिएभने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जानहान सेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक श्रीजना राजभण्डारी सहभागी थिए ।
शिष्टाचार भेटवार्तामाआयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल भएको छियो । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।
भेटमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।
उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरुमा लगानीआवश्यक रहेको बताए । उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरुमा लगानी गर्न एडिबीसँग अनुरोध गरे ।
एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडिबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालकाविकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको समेत बताए ।
एडीबीले नेपालको भौतिक पूर्वाधार लगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ ।
सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।
गतवर्ष मात्र एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो ।
पेर्टफोलियो रिभ्यू कार्यक्रममा एडिबीले शहरी खानेपानीतथा सरसफाई आयोजना, वाग्मतीनदी बेसिन सुधार, ग्रामीण उद्यमवित्तियआयोजना र विद्युत् प्रसारण तथावितरण दक्षताअभिवृद्धि आयोजनालगायतलाई पुरस्कृत समेत गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजना लगायतमा दर्जनौँ आयोजनाहरुमा एडिबीले लगानी गरेको छ ।
प्रकाशित समय : १८:०३ बजे






















