back

आठ महिनामा ३१ अर्ब विदेशी लगानी प्रतिवद्धता: फागुनमा मात्रै साढे तीन अर्ब, कुन क्षेत्रमा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । फागुनमा करिव साढे ३ अबै रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो महिनामा ३ अर्ब ४४ करोड ९८ लाख ३८ हजार विदेशी लगानी प्रतिवद्धता भएको विभागले जनाएको छ । फागुन महिनामा १५ वटा नयाँ उद्योगमा १९ अर्ब २९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।

यस्तै, १० वटा उद्योगमा लगानीकर्ताले एसपीए/एसएसए र टीटीए गरी १ अर्ब ५२ करोड ८ लाख रुपैयाँ लगानी प्रतिवद्धता भएको विभागले जनाएको छ । फागुनमा दर्ता भएका उद्योगबाट ८७३ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ । फागुन महिनामा भने सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी भित्रिएको छ ।

दर्ता भएको उद्योगमध्ये ७ वटा अर्थात् ४६ प्रतिशत विदेशी लगानीकर्ताले पर्यटन क्षेत्रमा प्रतिवद्धता जनाएका छन् । विभागअनुसार पर्यटन क्षेत्रपछि सेवा क्षेत्रमा ४ वटा अर्थत् २७ प्रतिशत, उत्पादन क्षेत्रमा ३ वटा अर्थात् २० प्रतिशत र इन्फाइस्ट्रक्चर क्षेत्रमा एउटा अर्थात् ७ प्रतिशत लगानी भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा विभिन्न देशबाट ३१ अर्ब २१ करोड ११ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता जनाइएको छ । विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिवद्धता जनाएका छन् ।

लगानीकर्ताले फागुनसम्ममा १५९ वटा नयाँ उद्योग दर्ता गरी २० अर्ब ५६ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएका हुन् । त्यसबाहेक एसपीएर र एसएसए गरी ४३ वटा उद्योगमा १० अर्ब ६५ करोड ११ लाख रुपैयाँ लगानी प्रतिवद्धता विभागले जनाएको छ । साथै, टीटीए क्षेत्रमा ३७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगबाट ९ हजार ४७८ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

फागुनसम्ममा प्रतिवद्धता भएको लगानीमध्ये सबैभन्दा बढी सेवा क्षेत्रमा छ । सेवा क्षेत्रमा मात्रै ७० वटा उद्योग अर्थात् ४४ प्रतिशत हिस्सा लगानी भएको छ ।

दोस्रो स्थानमा रहेको पर्यटन क्षेत्रमा ६१ वटा उद्योग अर्थात् ३८ प्रतिशत, उत्पादन क्षेत्रमा १६ वटा अर्थात् १० प्रतिशत, आइसीटी क्षेत्रमा ७ वटा अर्थात् ५ वटा र इन्फाइस्ट्रक्चर क्षेत्रमा ५ वटा अर्थात् ३ प्रतिशत विदेशी लगानी प्रतिवद्धता जनाइएको छ ।

नेपालमा हालसम्म विश्वका विभिन्न देशबाट ४ खर्ब ३९ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिवद्धता विभागले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...