back

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को अवधिमा राजस्व संकलनमा प्रगति गरेको छ । कैलाली भन्सार कार्यालयले गत आर्थिक बर्षको अवधिमा ८ अरब ९८ करोड, ५६ लाख राजस्व संकलन गरेको हो । कैलाली भन्सार कार्यालयका लागि गत आर्थिक बर्षमा ९ अरब ७१ करोड १५ लाख राजस्व संकलनको लक्ष निर्धारण गरिएको थियो ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार आर्थिक बर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्षमा समग्र असूली दर ८ दशमलव ८१ प्रतिशतले वृद्धि भएको हो । दुई आर्थिक वर्षको तुलना र कार्यसम्पादन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले कुल ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा ७७ दशमलव ६७ प्रतिशत अर्थात् ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्य केही परिमार्जन गरी ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ तोकिएकोमा ८६ दशमलव ४८ प्रतिशत अर्थात् ८ अर्ब ३९ करोड ५६ लाख ९ हजार रुपैयाँ राजस्व असूली भएको सूचना अधिकारी तिमिल्सिनाले बताए । कैलाली भन्सार कार्यालयले गत आर्थिक बर्षको चैत महिना लक्ष्यको एक सय ४ दशमलव ९४ प्रतिशत (९२ करोड २० लाख ६६ हजार रुपैयाँ) राजस्व संकलन गरेको थियो ।

सूचना अधिकारी तिमिल्सिनाका अनुसार सरकारले अमेरिका इरानको युुद्धका कारण चैत महिनामा पेट्रोलियम पदार्थको आयातमा राजस्व छुट गर्ने निर्णय गरेको थियो । जसका कारण राजस्व असुलीको लक्ष भेटाउन कठिनाई भएको हो ।

डिजेल र पेट्रोलबाट मात्रै ५ अर्ब राजस्व संकलन

कैलाली भन्सार कार्यालयको मुख्य राजस्व संकलनको श्रोत पेट्रोलियम पदार्थ हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/०८३ को तथ्यांक अनुसार कैलाली नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातनै भएको छ । जसमा डिजेलबाट ३ अर्ब ३८ करोड ६० लाख, पेट्रोलबाट १ अर्ब ६५ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै कैलाली भन्सार कार्यालयले खाना पकाउने एलपीजी ग्यास आयातबाट ३४ करोड ८२ लाख राजस्व संकलन भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...