back

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफुले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सुक्ष्म तरिकाबाट बुझेको र उक्त समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउनका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’ साथै अहिले महासंघको पुरानो साख जोगाउनु पर्ने समय आएको भन्दै त्यसलाई लागि चन्द्र ढकालको टीममा आफु वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने समेत उनले जानकारी दिए ।

यसैगरी उनले अहिले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढनुको विकल्न नरहेको उनको भनाई छ । ‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो ।’

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने ।

यसैगरी अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिम मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको उनको भनाई थियो । ‘हामी अहिले उधारोमा चलेका छौ यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी ब्यवसायीको हितमा छैन ।’

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आएपनि तर आर्थिक क्षेत्र झन खस्किएको उनको भनाई थियो । ‘हामी उद्योगी व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौं,’ उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाई थियो तर अहिले उल्टो भैदियो ।’

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिले आफु महासंघको नेतृत्व चयनमा सर्वसम्म गराउन लागि परेको बताए । ‘कार्यकाल घटाएरै भएपनि हामी सबै महासंघमा रहनु पर्छ,’ उनले भने, ‘सर्वसम्मतीका लागि मेरो प्रयास रहन्छ यदि त्यसमा सफल भएनौं भने मलाई काम गर्न सहज हुने नेतृत्व चयन गरेर पठाउन आग्रह गर्दछु ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

ग्यासको ‘प्यानिक बाइङ’ले उपत्यकामा सास्ती: टेकुमा रित्ता सिलिन्डरको लाम

वि.सं.२०८३ साउन १७ आइतवार २१:५५

काठमाडौँ । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

वि.सं.२०८३ साउन १७ आइतवार ११:५१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...