काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।





















