back
nactional

पार्टी एकताको लागि ओलीको अपिलः ‘सामूहिक राजिनामा अपराध हो’

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई पनि काखा र पाखा नगरेको बताउँदै पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका हुन् ।

उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह समेत गरेका छन् । उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।
‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...