back
himalayan life

सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै, यस्ता छन् फिचर (मूल्यसहित)

वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ

काठमाडौं । चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra ev) का इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएका छन् ।

नेपाली बजारमा हाल बेनेलीका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने बताएको छ ।

रोबो–एसको क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । यसमा भएको इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट आदिले यात्रालाई सहज बनाउछ ।

क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ ।

यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । अघिल्लो भागमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानलमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।

यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउछ भने कम्बाइन्ड ब्रेक सिस्टमले सुरक्षा प्रदान गर्छ ।

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा ३ हजार वाटको सुनरा मोटर रहेको छ ।

यो स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ८० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ ।

आगामी फेब्रुअरी महिना सम्ममा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...