back
himalayan life

जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

काठमाडौं । कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।

हुन्डाईले अमेरिकन अटो निर्माता जनरल मोटर्स र स्टालान्टिसलाई पछि पार्दै पहिलो पटक विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको हो ।

हुन्डाई भन्दा अगाडी अव टोयोटा र फक्स्वागन मात्र रहेका छन् । हुन्डाईले ५५ वर्षअघि कोरियाबाट सवारी साधन उत्पादन थालेको थियो ।

सन् २०२१ मा उत्पादन भई बिक्री भएको कुल सवारीसाधनको संख्यालाई आधार मान्दा हुन्डाइले यस्तो उपलव्धी हाँसिल गरेको हो ।

सो वर्ष हुन्डाइले कुल ६६ लाख सवारीसाधन बिक्री गर्दा पहिलो स्थानमा रहेको टोयोटाले १ करोड ५ लाख र फक्सवागनले ८९ लाख सवारीसाधन बिक्री गरेका थिए ।

यो वर्ष कम्पनीको बिक्री अझै बृद्धि हुने अनुमान लगाइएको छ ।

जसका कारण पहिलो र दोस्रो स्थानमा रहेको टोयोटा र फक्सवागनसंगको दुरी अझै कम हुने र अहिलेकै रफ्तार कायम रहिरहे सन् २०२३ पछि फक्सवागनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सक्ने आँकलन गरिएको छ ।

यो वर्ष कम्पनीको आम्दानी २१ प्रतिशतले बृद्धि हुने आँकलन गरिएको छ ।

हुन्डाई मोटर्सका उत्पादनको माग उत्तर अमेरिकी मुलकमा बृद्धि भएपछि यस्तो उपलब्धी हाँसिल गर्न सफल भएको हो । अघिल्लो वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोमा मात्र कम्पनीले कुल बिक्रीको २१ प्रतिशत हिस्सा बिक्री गरेको थियो ।

न्यू इनर्जी भेइकलमा समेत अर्वौ डलर लागनी गर्ने घोषणा गरेको हुन्डाइको आगामी दिनमा बिक्री अझै वढेर जाने निश्चित प्राय वनेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...