back

तेस्रो पटक अर्थमन्त्री बने विष्णु पौडेल, अब आउला त अर्थमन्त्रमा सुधार ? , यस्तो छ पौडेलको राजनैतिक यात्रा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेका छन् ।

नयाँ बनेको सरकारले सोमबार गरेको मन्त्रीमण्डल गठन पौडेलले उपप्राधन तथा अर्थमन्त्रीको सपथ ग्रहण गरेका हुन्।

पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका हुन् ।

यसअघि पनि एमाले र माओवादी केन्द्र एउटै दल हुँदा पौडेल अर्थमन्त्री बनेका थिए । नेपाली अर्थतन्त्रमा आएको संकट र त्यसको समाधानका लागि अबको सरकारले नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

हालको समस्या समाधान गरि देशलाई समृद्धिको बाटो तर्फ हाक्नका लागि पौडेललाई बलियो रुपमा हेरिएको छ ।

पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ ।

नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ ।

यसअघि पनि अर्थमन्त्री पौडेल सेयर लगानीकर्ताहरुको हितमा काम गरेको पाइन्छ ।

पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएको र सेयर बजारप्रति सकरात्मक दृष्टिकोण रहेको लगानीकर्ताको विश्वास रहेको छ ।

सेयर लगानीकर्ताहरुले पनि पौडेल बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन् ।

पौडेलको राजनैतिक यात्रा

बुवा देवीलाल र आमा रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजार–१३ मा भएको हो ।

माध्यमिक तहसम्म अध्ययान गरेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।

पौडेल २०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् ।

उनी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री पनि भएका थिए । तत्कालिन एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही–४ बाट विजयी भएका थिए।

उनले २०३७ मा ३ वर्ष राजकाजको मुद्दा समेत खेपेका छन् । माओवादीसँग एमाले एकीकरण भएपछि बनेको पार्टीको उनी महासचिव पनि भएका थिए। अहिले भने उनी एमालेको उपाध्यक्ष छन् ।

पौडेल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट बिजयी भएका हुन् ।

 

khanepani

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:०७

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख...

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:१५

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर...

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:२९

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३...

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:०९

काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा...

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

काठमाडाैं महानगरपािलकाकाे राजश्व सङ्कलन बढ्याे

वि.सं.२०७९ पुस २१ बिहीवार १०:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा...

युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश

युनाइटेड सिमेन्टलाई विद्युत महशुलको २० करोड २४ लाख बक्यौता तिर्न आदेश

वि.सं.२०७९ पुस १९ मंगलवार ११:१३

धादिङ । युनाइटेड सिमेन्ट प्रा.लि.ले नेपाल विद्युत प्राधिकरणलाई १६ करोड...