back
himalayan life

बैंक, वित्त क्षेत्रमा कसले पाए सरकारी सम्मान पदक (विवरणसहित)

काठमाडौं। सरकारले बैंक वित्त क्षेत्रका विभिन्न व्यक्ति, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बैंक, वित्त क्षेत्र, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको हो ।

सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबी बैंकका सीईओ सुनिल केसी, व्यवसायी कुशुम लामा र बैंकर शिक्षा भट्टचनलाई प्रबल जनसेवाश्री पदकमार्फत पदक प्रदान गरेको छ । सीईओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुनुहुन्छ भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै व्यवसायी लामा लामो समय वित्तीय क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

त्यस्तै बैंकर शिक्षा भट्टचनलाई विकास रत्न प्रदान गरेको छ । यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि राष्ट्र यशोवद्र्धक सम्मान पदक प्रदान गरिएको छ । प्रभु इन्सुरेन्सका सिईओ बज्राचार्यले राष्ट्र यशोवद्र्धक सम्मान पाउनुभएको छ ।

यस्तै सहकारी अभियन्ता मिनराज कँडेल, केवि उप्रेती र सहकारीकर्मी शशी खड्का गुरुङलाई सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ ।

स्व.उद्योग व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभुषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदिप पदकबाट विभुषित गरेको छ ।

त्यस्तै, पर्यटन व्यवसायीहरुमा राम थापा र रामबहादुर कोइरी, खुमबहादुर सुवेदी पदकबाट विभुषित हुनुभएको छ ।

मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मोरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा विभुषित हुनुभएको छ ।

यस्तै सरकारले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि उक्त पदक प्रदान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...