back
himalayan life

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

काठमाडौं । हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका छन् ।

होटल बाराही ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले सुरु गरेका हुन् । पौडेलले हस्पिट्यालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरु विप्लव र वैभव आफ्नो बुवाको पदचाप पछ्याउँदै सोही व्यवसायमा आवद्ध छन् ।

सामान्य स्तरबाट सुरु भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको निर्देशक पौडेलले बताए । पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाएको बाराहीमा अहिले ८० कोठा रहेका छन्, जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन् ।

आकर्षक स्वीमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा पनि रहेको पौडेलले बताए ।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, बब्स जिम सञ्चालनमा छन् भने काठमाडौंको ठमेलमा चार तारे बाराही काठमाडौं सञ्चालनको तयारीमा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

पोर्चुगलमा नेपाली खाना प्रवद्र्धन गर्दै सेफ टङ्क सापकोटा, परोकारी कामका लागि अलग्गै योजना

वि.सं.२०८३ वैशाख २९ मंगलवार ११:४३

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

बर्दघाट लगानी फोरम सम्पन्न, ‘एसएमइ भिलेज’ समुन्नत नवलपरासीको आधार बन्ने विश्वास

वि.सं.२०८२ फागुन १५ शुक्रवार १२:१५

काठमाडौं । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायीहरूले बर्दघाट एसएमइ...

झापाको पहिचान भक्का : जीविकोपार्जन राम्रो माध्यम बन्दै

झापाको पहिचान भक्का : जीविकोपार्जन राम्रो माध्यम बन्दै

वि.सं.२०८२ माघ २७ मंगलवार १२:३८

दमक। पूर्वी नेपालको झापामा मौलिक परिकार भक्का प्रसिद्ध छ ।...