back

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

काठमाडौं । हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका छन् ।

होटल बाराही ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले सुरु गरेका हुन् । पौडेलले हस्पिट्यालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरु विप्लव र वैभव आफ्नो बुवाको पदचाप पछ्याउँदै सोही व्यवसायमा आवद्ध छन् ।

सामान्य स्तरबाट सुरु भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको निर्देशक पौडेलले बताए । पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाएको बाराहीमा अहिले ८० कोठा रहेका छन्, जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन् ।

आकर्षक स्वीमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा पनि रहेको पौडेलले बताए ।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, बब्स जिम सञ्चालनमा छन् भने काठमाडौंको ठमेलमा चार तारे बाराही काठमाडौं सञ्चालनको तयारीमा रहेको छ ।


कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:२६

विरेन्द्रनगर । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

गाउँ–गाउँमा रहेका लघु उद्यमीलाई महासङ्घमा समेट्न मन्त्री भण्डारीको आग्रह

वि.सं.२०८१ वैशाख १२ बुधवार १९:१५

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ग्रमीण भेगमा...

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:५३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय...

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा, यस्ता छन् सक्खर (गुंड)का फाइदा

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४०

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा...