back
himalayan life

नेपाल वाल प्लास्टका ड्राइ मोर्टारहरु बजारमा

काठमाडौँ । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन “नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ ।

घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान रहेको छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभाव, मिश्रणमा एकरुपता नहुने, ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पुरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानीको चुहावटको समस्या, क्र्याकको समस्या तथा अन्य निर्माण कार्य सम्बन्धित समस्याहरु समाधान गर्न नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरु बजारमा ल्याएको हो ।

निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित यस नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले बालकुमारी हार्डवेयर नैकापको सहकार्यमा कम्पनीको म्यासकट अनावरण तथा उत्पादनहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरि कम्पनीले जानकारी दिएको छ । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्य तथा उपप्रमुख बसन्ती श्रेष्ठको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सो अनावरण कार्यक्रममा कम्पनीका संचालकहरु, डिलर, इन्जिनियर तथा निर्माणकर्ताहरु गरी १८० बढीको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

अत्याधुनिक कारखानामा इटालियन उच्च प्रबिधि तथा कम्प्युटराइज्ज प्रणाली र अनुभवी दक्ष प्राबिधिक जनशक्तिद्वारा उत्पादित हुने वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पुणर् स्वचालित प्लान्टबाट १०० प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरि निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन गरेको पाँच थरिका उत्पादित ड्राइ मिक्स मोर्टारको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गर्न गरिएको कम्पनीले जनाएको छ ।

उद्योगले आफ्ना उत्पादनको बिशेषताहरु, प्रयोग विधि, कम्पनीको उद्देश्य आदिका बारेमा प्रष्ट पार्ने कार्यक्रमसमेत रहेको छ ।

नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ ।

कम्पनीले न्यून कार्वन मान्यतालाई कठोरताका साथ पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूणर् प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताइएको छ ।

उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...