back

मेकानिक्सका समस्या समाधानमा लाग्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता: अध्यक्षमा बुढाथोकी

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहरलाई सफा राख्नका लागि सवारी साधन मर्मत गर्ने वर्कशपहरु एकै स्थानमा राख्नका लागि अटोल्यान्ड आवश्यक हुने र यसका लागि बागमती प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघको २८औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनको अवसरमा आज मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

उनले बुटवलको मैनाबगरस्थित अटो भिलेज स्थापना गर्ने समयमा पनि आफूले महत्वपूर्ण सुझाव दिएको र त्यसलाई कार्यान्वयनमा ल्याइएको स्मरण गर्दै बागमती प्रदेशमा पनि आगामी दिनमा सुविधा सम्पन्न अटोल्यान्ड स्थापना गर्नका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरे ।

नेपाली अटो मेकानिक्सहरु समेत दक्ष बनेमा मात्र भविष्यमा यो क्षेत्र अझै विकसित हुने र सबैले सम्मान गर्ने वातावरण बन्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले जेन्युइन स्पेयर पार्ट्स र लुब्रिकेन्ट लगायत प्रयोग गरेर दक्षतापूर्वक सवारी साधन मर्मत गरी आफ्नो व्यवसायलाई सम्मानित बनाउन आग्रह गरे ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नयाँ नयाँ प्रविधिका सवारी साधन भित्रिरहने र ती सवारी साधन भित्र्याउनका लागि नाडाले भूमिका खेल्ने गरेको बताउदै ती सवारी साधन मर्मतका लागि अटो मेकानिक्सको भूमिका हुने भएकाले नाडा र संघबीच सदैव सहकार्य हुनुपर्ने बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ट्राफिकले सञ्चालन गर्ने विभिन्न गतिविधिमा अटो मेकानिक्सहरुको सहयोग भइरहेको बताउदै सवारी साधनलाई दुरुस्त राख्नमा मेकानिक्सहरुको भूमिका महत्वपूर्ण हुने र सडक दुर्घटना घटाउनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

नेपाल स्टिल तथा ग्रिल व्यवसायी संघका अध्यक्ष मोहन कटुवालले स्टिल र मेकानिक्स व्यवसायलाई समाजले सधै आफ्नो वस्तीबाट टाढा राख्न चाहने हुनाले भविष्य अन्यौलमा रहेको बताउदै यसको व्यवस्थापनको लागि सबै मिलेर कार्य गर्नुपर्ने बताए ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष प्रदीप घिमिरेले मेकानिक्सहरुले आफ्नो सीप विकासको लागि मिलेर काम गर्नुपर्ने र सधै स्हकार्य गरिने बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले राष्ट्र निर्माणको लागि अटो मेकानिक्स व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्र निर्माण गर्न चाहने नेतृत्वले सदैव मेकानिक्स व्यवसायीलाई सम्मान गर्न आग्रह गरे ।

संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले सवारी साधन मर्मत कार्यमा मेकानिक्सको भूमिका महत्वपूर्ण हुने र दक्षतापूर्वक मर्मत गरिएका सवारी साधनले नै यात्रा पनि सुरक्षित गराउने भएकाले सबैले आफूलाई दक्ष राख्नु पर्ने र यसका लागि सरकारको समेत सहयोगको अपेक्षा गरे ।

सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
संघले दीपेन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । संघको प्रथम उपाध्यक्षमा मोहम्मद अस्फाक, द्वितीय उपाध्यक्षमा डाल प्रसाद भट्टराई, महासचिवमा सुमन प्रसाद सुवेदी, सचिवमा इन्द्र बहादुर प्रधान, कोषाध्यक्षमा मोहम्मद अयुव, सह–कोषाध्यक्षमा फुल बहादुर लामा (माइला) र सह–कोषाध्यक्षमा बुद्धिकृष्ण गजुरेल (अनिल) चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा देवराज बज्राचार्य, शिव प्रसाद दाहाल, कृष्ण सापकोटा मान बहादुर पाख्रिन, रमेश गौतम, लाल बहादुर हमाल, नागेश्वर राय (विष्णु) र जगन्नाथ बस्याल चयन भएका छन् । संघको पहिलो बैठकले थप २ जना सदस्य चयन गर्ने नवनियुक्त महासचिव सुमन प्रसाद सुवेदीले बताए ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...