back

राष्ट्र बैंकले भन्यो भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फण्डको कारोबार नगर्नू

राष्ट्र बैंकले भन्यो भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फण्डको कारोबार नगर्नू
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानूनी रहेको भन्दै पुनः सचेत गराएको छ ।

आज (सोमबार) केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ ।

यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको, राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको भन्दै यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

‘भर्चुअल करेन्सीरक्रिप्टो करेन्सी (स्टेबल क्वाइन समेत) पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय समेत स्मरण गराइएको छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिबन्धित यस्तो कारोबारमा नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने स्वदेश तथा विदेशमा बस्ने नेपाली तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म तथा संघसंस्थ, नेपालमा दर्ता भएको कम्पनीहरु र एजेन्सीहरूले यस्तो कारोबार गर्नु गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘कुनै पनि प्रकारका भर्चुअल करेन्सीरक्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्कीङ मार्केटीङ तथा हाइपर फन्डमा कारोबार गरेरगराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्नेरगराएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...