back

दुई ब्रान्डमार्फत महिन्द्राले ५ इलेक्ट्रिक एसयूभी ल्याउने, कस्तो छ बजारको माहोल ?

काठमाडौं । महिन्द्राले भारतको स्वतन्त्रता दिवसको अवसरमा २ वटा ब्रान्डका ५ वटा इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । यसमा सिल्भर ट्विन पिक लोगो भएको एक्सयूभी ब्रान्ड र अल न्यू इलेक्ट्रिक–वान्ली ब्रान्ड बीई समावेश छ ।

महिन्द्राले एक्सयूभी.ई८, एक्सयूभी.ई९, बीई.०५, बीई.०७ र बीई.०९ सार्वजनिक गरेको हो । सो एसयूभी इङलो ईभी प्लेटफर्ममा आधारित छ ।

साथै महिन्द्राले इलेक्ट्रिक मोबिलिटीको भविष्यका लागि आफ्नो भिजन पनि प्रस्तुत गरेको छ । यी मध्ये पहिलो चार ई–एसयूभी २०२४ र २०२६ को बीचमा लन्च हुनेछ ।

कम्पनीले २०२७ सम्ममा आफ्नो पोर्टफोलियोको एक चौथाइ एसयूभी इलेक्ट्रिक हुने अपेक्षा गरेको छ । सो एसयूभीमा डायनामिक इनोभेशनका साथ भविष्यको डिजाइन हुनेछ ।

इङलो ईभी प्लेटफर्ममा सबैभन्दा हल्का स्केटबोर्ड र क्लास लिडिङ उच्च ऊर्जा–घनत्व भएको ब्याट्री मध्ये एक हो । उक्त प्लेटफर्मले प्रगतिशील ब्याट्री टेक्नोलोजी, प्लेटफर्म आर्किटेक्चर, ब्रेन पावर र ह्युमन मेसिन इन्टरफेस प्रयोग गर्छ ।

भविष्यमा महिन्द्राका इलेक्ट्रिक गाडी इङलो प्लेटफर्ममा निर्माण हुनेछ । सो प्लेटफर्मले सेफ्टी स्ट्यान्डर्ड, रेन्ज र एफिसियन्सी प्रदान गर्छ ।

यसले फ्युचरिस्टिक, अग्मेन्टेड रियालिटी–सक्षम हेड–अप डिस्प्ले, एज–टु–एज स्क्रिन, ५जी नेटवर्क क्षमता र ओभर–द–एयर अपडेट बढाउन मदत गर्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...