back

तपाईको सवारी साधनको कर कति छ ? हेर्नुहोस् नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै आफ्नो सवारी साधनको कर तिर्नु पर्छ। सरकारले प्रत्येक आर्थिक वर्षको लागि विभिन्न करका दर निर्धारण गरेको हुन्छ । बागमती प्रदेश सरकारले यो वर्ष पनि सवारी साधनको करमा भएको पुरानै दरलाई निरन्तरता दिएको छ ।

त्यस अनुसार बागमती अञ्चलमा दर्ता भएका सवारी साधनले पहिलेकै दर अनुसारको कर तिर्नु पर्नेछ ।बागमती अञ्चलमा मोटरसाइकल वा स्कुटरका लागि १२५ सीसी सम्म भए ३ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ । त्यसैगरी १२६ देखि १५० सीसी सम्म ५ हजार, १५१ देखि २२५ सीसी सम्म ६ हजार ५ सय र २२६ देखि ४०० सीसी सम्मकाले ११ हजार कर तिर्नु पर्छ ।

त्यसैगरी ४०१ सीसी देखि ६५० सीसी सम्म २० हजार र ६५१ सीसी भन्दा माथिका मोटरसाइकल वा स्कुटरले ३० हजार कर तिर्नु पर्छ ।

चारपांग्रे सवारी साधनको लागि पनि त्यही अनुसारको दर निर्धारण गरिएको छ । कार, जिप र भ्यानका लागि १००० सीसी सम्मकाले २२ हजार, १००१ देखि १५०० सीसी सम्मका कारले २५ हजार रुपैयाँ कर तिर्नु पर्छ । त्यसैगरी १५०१ देखि २००० सीसी सम्मका कारले २७ हजार, २००१ देखि २५०० सीसी सम्मका कारले ३७ हजार र २५०१ देखि ३००० सीसी सम्मका कारले ५० हजार कर तिर्नु पर्छ ।

त्यसैगरी ३००१ देखि ३५०० सीसी सम्मकाले ६० हजार र ३५०१ सीसी भन्दा माथिका सवारी साधनले ६५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ ।

त्यसैगरी विद्युतीय सवारी साधनका लागि फरक प्रकारको करको दर तोकिएको छ । विद्युतीय मोटरसाइकल वा स्कुटर मध्ये ३५० वाट देखि १००० वाट सम्म २ हजार, १००० भन्दा माथि १५०० वाट सम्म २५०० र १५०० वाट भन्दा माथिका सबैले ३ हजार रुपैयाँ कर तिर्नु पर्छ ।

त्यसैगरी विद्युतीय कार, जिप, भ्यान, माइक्रोबस र बस मध्ये १० किलोवाट भन्दा माथि ५० किलोवाट सम्म ५ हजार, ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म १५ हजार, १२५ किलोवाट भन्दा माथि २०० किलोवाट सम्म २० हजार र २०० किलोवाट भन्दा माथि सबैले ३० हजार रुपैयाँ तिर्नु पर्छ ।विद्युतीय सवारीको करमा हाल २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । यो समाचार स्मार्ट सर्भिस इनको सहकार्यमा तयार पारिएको हो।


गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

गोगोरोले भित्र्यायो ब्याट्री स्वापिङ प्रविधि, आयो ६ सेकेन्डमै फुल चार्ज हुने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:१२

काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी...

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...