back

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार  सम्पन्न भएको हो ।

व्यवसायी र कर्मचारीहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोर अन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मीको सहाभागिता थियो ।

छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटललाई लक्षित गरी तालिम आयोजना गरिएको हो ।

उक्त करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले प्रशिक्षक दिएका थिए ।

तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।


क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति, बिना भिसा चीन प्रवेश गर्न सकिने

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति, बिना भिसा चीन प्रवेश गर्न सकिने

वि.सं.२०८१ जेठ २ बुधवार १३:३०

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज...

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

वि.सं.२०८१ जेठ २ बुधवार १०:५८

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको...

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना, के छ साल्पा सिलिचुङको साँस्कृतिक महत्व ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:२६

काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा...

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

आजदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला हुने

वि.सं.२०८१ वैशाख १ शनिवार ०९:५९

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...