back

कोभिड–१९ को संक्रमण बिरामीकाे लागि एफएनसीसीआईकाे ‘हेल्लो डाक्टर’ सेवा सुरु

२५ वैशाख, काठमाडाैं । कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई  प्राथमिकतामा राखी नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको सुरु गरेको छ ।

महासंघले पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको सुरु गरेकाे हाे ।

यस अभियान अन्तर्गत डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने भोली वैशाख २६ गते आइतवारबाट शुरु हुने छ ।

कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएकाे छ ।

महासंघकाे अनुसार यस सेवाकाे लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।

याे सेवा लिनकाे लागि नाम दर्ता गर्न २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८३ साउन १७ आइतवार २०:२९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

वि.सं.२०८३ साउन १७ आइतवार ०८:३१

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२)...

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...