थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि
वि.सं.२०७८ वैशाख २५ शनिवार
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार २८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १७ हजार ३१५ जनाको पीसीआर र ९८९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
प्रकाशित समय : १३:०४ बजे