back

अन्तिम चरणमा दोर्दीखोलाको जलविद्युत आयोजना

२५ वैशाख, काठमाडौँ–दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ ।

आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ । यस आयोजनाले बिहीबारदेखि बाँधस्थलमा खोला थुनेर इनटेक, फिल्डर पाइपको परीक्षणसमेत शुरु गरिरहेको छ ।

त्यस्तै पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायतका अधिकांश निर्माण कार्य सम्पन्न भएको आयोजना साइट इन्चार्ज ज्ञवालीको भनाइ छ । हालसम्म पनस्टेकको ७०० मिटरमध्ये ७० मिटर काम गर्न बाँकी छ । तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको आयोजना साइट इन्चार्ज ज्ञवालीले बताए ।

उनले भने, “यतिबेला कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेको छ, तर आयोजनामा कोभिडको असर नपरेमा आगामी असारभित्रमा आयोजनाबाट बिजुली उत्पादन गर्नेछौँ, विसं २०७२ फागुनबाट निर्माण शुरु गरिएको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो, तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको हो ।”

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढाइएको थियो । सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि गत चैतसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन ।

यसरी पटकपटक निर्माणको म्याद थप गर्दै अघि बढेको यस आयोजनाले अब भने निर्धारित समयमै काम सम्पन्न गर्ने जनाएको छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेकाले हाल १५० कामदारले मात्र काम गरिरहेका आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको यस आयोजना बेँशीशहर नगरपालिका–११ रामचोक बेँशीमा विद्युत् गृह रहेको छ । शुरुमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्ँबिदै गएकाले रु चार अर्ब ६४ करोडसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात, आइएमई गु्ररुपको ३४ दशमलव तीन र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...