back

म्याद अगावै ठेक्का सम्पन्न हुँदै

२५ वैशाख, काठमाडौँ–मकवानपुरको हात्तीसुँढे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको विवेक विनिता निर्माण सेवाले सम्झौताको म्याद अगावै ठेक्का पाएका अन्य निर्माणका दुई काम पनि सम्झौता अगावै सम्पन्न गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीमा २९८ मिटर स्लाब ढलान र वाग्मती गाउँपालिका–५ बगेरीमा ८०३ घनमिटर जाली भर्ने काम म्याद अगावै सम्पन्न गरिएको विवेक विनिता निर्माण सेवाका प्रबन्धक विवेक बोलखेले जानकारी दिए।

वाग्मती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको करीब रु ४५ लाखमा ठेक्का पाएको हेटौँडा–१२ स्थित विष्णुचोक–खोराङ स्लाब ढलानको सम्झौता म्याद २०७८ साल असार २२ गतेसम्म छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २० लाख बजेटमा सम्पन्न गर्नुपर्ने वाग्मती–५ स्थित बगेरी बस्ती बचाउ कार्यक्रमको म्याद २०७८ साल असार ३० गतेसम्म तोकिएको छ । दुवै ठेक्काअन्तर्गत निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरणको काम मात्र बाँकी रहेको निर्माण कम्पनीका सञ्चालक राजनप्रसाद बोलखेले बताए ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा उक्त कम्पनीले बकैयामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिका–५ को सामुदायिक भवन पनि तीव्र गतिमा निर्माण भइरहेको प्रबन्धक बोलखेले बताए ।


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...