back

संसदलाई सम्बोधन गर्दै श्रीलंकाका प्रधानमन्त्रीले भने -‘आगामी ३ साता इन्धन पाउन कठिन छ’

श्रीलंका ।  श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् ।

उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए ।

संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाको लागि इन्धन जोहो गर्न ३३०० मिलियन डलर आवश्यक पर्ने बताए ।

उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् ।

उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।

उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए ।

 


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...