back

अस्ट्रेलियामा लेबरले जुटायो बहुमत, एकतिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए

सिड्नी। अष्ट्रेलियाको लेबर पार्टीले संसदमा बहुमत प्राप्त गरेको निर्वाचन विश्लेषकहरूले बताएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबरले २१ मेमा भएको चुनावमा स्कट मोरिसनको कन्जरभेटिभ गठबन्धनलाई पराजित गरेको थियो ।

स्वतन्त्र र साना दलहरूको अप्रत्यासित सिटले अल्बानिजलाई बहुमत पु¥याउन हम्मे देखिएको थियो ।

झन्डै एक तिहाई अस्ट्रेलियालीले मुख्य राजनीतिक दलबाहेकका पार्टीलाई मतदान गरेका थिए । तर, उनको पार्टीले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आवश्यक बहुमत जुटाउन सफल भएको छ ।

१५१ सदस्य रहेको तल्लो सदनमा कुनै पनि दलले बहुमत जुटाउन ७६ सिटमा विजयी हुनुपर्छ । लेबर पार्टी ७६ सिटमा विजयी भएको छ । तर, माथिल्लो सदन सिनेटबाट नीति तथा कानुन पारित गर्न उनको सरकार अफ्ठ्यारोमा पर्न सक्नेछ ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

लगभग एक दशकपछि अस्ट्रेलियामा पहिलाे लेबर सरकारको नेतृत्व गरेका अल्बानिजले जलवायु परिवतर्नको असर घटाउन महत्वपूर्ण निणर्य लिने अनुमान गरिएको छ । अनुभवी राजनीतिज्ञले थप महत्वाकांक्षी उत्सर्जन कटौती लक्ष्यहरू अपनाउने वाचा गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...