back

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ र गोलभेँडा सानो (भारतीय) ५० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २० रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) १६ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ३८ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) २० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, लौका १५ रुपैयाँ, फर्सी पाकेको ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १७० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३८० रुपैयाँ, अंगुर (हरियो) २२० रुपैयाँ, अंगुर (कालो) ३६० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ निर्धारण गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

उपायको ठूलो फड्को: १ वर्षमै ५४% ले बढ्यो कारोबार, ५ हजार बढीलाई रोजगारी

वि.सं.२०८३ साउन १० आइतवार १७:११

काठमाडौँ । नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा...

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

डिडिसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

वि.सं.२०८३ साउन १० आइतवार १६:२८

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा...

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

ट्राभलपछि फेसनमा श्रेषुको नयाँ छलाङ: धुम्बाराहीमा खुल्यो ‘कोसिस लाइफ स्टाइल’

वि.सं.२०८३ साउन १० आइतवार १२:२१

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल पहिचान बनाइसकेकी उद्यमी श्रेषु आचार्य ले...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? 

वि.सं.२०८३ साउन १० आइतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

वि.सं.२०८३ साउन ६ बुधवार १०:१७

काठमाडौं । भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया...