back

एफएनजे काठमाडौँ शाखाद्धारा पत्रकार समस्या पहिचान समिति बनाउने निर्णय

२४ वैशाख काठमाडौँ–कोरोना भाइरस संक्रमण माहामारीकाबीच नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज भर्चुअल माध्यमबाट बैठक सम्पन्न गरेको छ । महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सूवेदीको अध्यक्षता बसेको बैठकले कोभिडको असहजतालाई छिचल्दै पत्रकारको जिम्मेवार पुरा गर्ने क्रममा आउने समस्यालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा छलफल गरेको हो । बैठकले कार्य क्षेत्रमा खटिएका उक्त शाखामा आबद्ध संक्रमित भएका १० जना पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै निम्नानुसारका निर्णय सार्वजनिक गरेको छ ।

–अध्यक्ष सुवेदीको संयोजकत्वमा कोभिडको जोखिममा परेका पत्रकारहरुको सहयोग र भइपरी आउने अवस्थाको तयारी र समन्वयका लागि सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल, कोषाध्यक्ष अजित अधिकारीसहित सदस्यहरु कृष्णराज गौतम, रमेश बोहोरा र शैलेश डंगोल रहने गरी सात सदस्सीय ‘टास्क फोर्स’ गठन गर्ने तथा शाखाले उपत्यका प्रदेशसँग समन्वय गरि संयुक्त कार्ययोजना बनाएर महामारी बिरुद्ध अभियान चाल्ने ।

–उक्त शाखामा आबद्ध संक्रमित सदस्यहरुको संख्या, अवस्था, अस्पतालमा रहेका र होम आइसोलेसनमा रहेका सदस्यहरुको अवस्था र समस्या पहिचान गरेर ५ दिन भित्र सुझाव पेश गर्ने गरी उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा, उपाध्यक्ष अप्सरा गौतम र कार्यसमिति सदस्य सुवास मुखिया सदस्य रहने गरी समस्या पहिचान समिति बनाउने निर्णय ।

–​सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने साथै कोरोनाको बहानामा जबरजस्ती निष्काशन नगर्न र बिदामा नराख्न आग्रह गर्ने तथा महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराए, निष्काशित वा बिदामा राखिएको पाइएमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र उपत्यका प्रदेश समितिसँगको समन्वयमा त्यस्ता संचार गृहलाई कारवाहीको दायरामा ल्याउने ।

–​नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आबद्ध सदस्यहरुको यस वर्षको नवीकरण शूल्कबाट जिल्ला शाखालाई प्राप्त हुने रकम नलिने र कोरोना महाव्याधीका कारण नविकरण शूल्कसमेत मिनाहाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने ।

–फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग समन्वयन गरि सहजिकरण गर्ने ।

–​श्रमजीवि पत्रकारहरुलाई राहत र सहुलियतको व्यवस्था गर्नुका साथै सर्वसाधरणलाई सुसूचित गराइरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक विषयमा सहुलियत दिन माग गर्ने ।

–​कोरोना संक्रमणमा परेका शाखा आबद्ध सदस्यलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संकटको यो घडीमा सकेसम्म संचारका विभिन्न माध्यमहरु प्रयोग गरी सूचना लिन र सावधानी पूर्वक सुरक्षा अपनाउँदै समाचार संकलन गर्न आग्रह ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...