back

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, लक्की नम्बर ९ र ७ , यी ४ तरिकाबाट हेर्न सकिन्छ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा आज (बैशाख १५ गते, बिहीबार) बाँडफाँट गरिएको हो ।

आईपीओ बाँडफाँट गर्दा १० कित्ताका लागि लक्की नम्बर ९ परेको छ भने बाँकी रहेका ८ वटा कित्ताका लागि लक्की नम्बर ७ छनोट भएको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । तर विभिन्न कारणले ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार २२ लाख २ हजार ३६१ जना आवेदकको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता मात्रै सदर अर्थात् भेरिफाई भएको छ । सोही आधारमा आईपीओ बाँडफाँट गरिएको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाएका छन् ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको थियो ।

रिजल्ट हेर्न यहाँ क्लिक गरे ्हेर्र्नुहोस्।

https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

Home

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

सेबोनको नियामक भूमिकामाथि सांसद लिमा अधिकारीको प्रश्न: ‘उधारो शेयर कारोबार र कृत्रिम मूल्यवृद्धि वित्तीय अपराध’

वि.सं.२०८३ असार ३१ बुधवार १३:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले...

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजनाः कारोबार शुल्क घट्ने र ‘फिनइन्फ्लुएन्सर्स’ माथि निगरानी हुने

वि.सं.२०८३ असार ३१ बुधवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष...