back

रुसी पानीजहाज ‘मस्क्भा’ डुब्दै गर्दाको नाटकीय तस्बिर सार्वजनिक,भिडिओ र तस्बिरले के देखाउँछन्?

काठमाडौं।  गत साता रुसी नौसेनाको महत्त्वपूर्ण पानीजहाज डुब्नु अघिको नाटकीय तस्बिर र विश्वसनीय भिडिओ सार्वजनिक भएका छन्। इन्टरनेटका भिडिओ र तस्बिरहरूमा देखिएको जहाजको आकार र शैली मस्क्भा नामक उक्त लडाकु पानीजहाजसँग मिल्दो देखिन्छ।

रुसका अनुसार उक्त जहाजमा आगलागी भएपश्चात् त्यहाँ राखिएको गोलाबारुद विस्फोट भएको थियो।

लगत्तै अर्को उद्धार जहाजको सहायताले तान्दै गर्दा आँधीका कारण जहाज डुबेको हो।

युक्रेनले भने त्यस जहाजमाथि आफूले क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

सार्वजनिक भएका नयाँ तस्बिरहरूले दुवै पक्षको दाबीलाई पुष्टि गर्दैन। जहाज डुब्नुअघि त्यहाँ आँधीको कुनै सङ्केत देखिँदैन।

भिडिओ र तस्बिरले के देखाउँछन्?

ती तस्बिरहरू युक्रेनले उक्त पानीजहाजमा आफूले प्रहार गरेको बताएको भोलिपल्ट अप्रिल १४ मा खिचिएको ठानिएको छ।

उद्धारमा प्रयोग डुङ्गाबाट खिचिएकोजस्तो देखिने तीन सेकेन्ड लामो भिडिओमा मस्क्भा डुब्न लागेको जस्तो देखिन्छ। त्यसको ठिक दायाँ पट्टी एक टगबोट देखिन्छ।

जुन सम्भवतः रुसी हुनसक्छ। टगबोट प्राय: जल दुर्घटना हुँदा ठुला जहाजलाई तान्ने शक्तिशाली डुङ्गा हो।

उक्त जहाजबाट धुवाँको मुस्लो निस्किरहेको देख्न सकिन्छ र जहाजको एक खण्ड क्षतिग्रस्त देखिन्छ।

एक तस्बिरमा जहाजको अन्य भागमा पनि छिद्रहरू देख्न सकिन्छ जसले उक्त जहाजमा निकै ठुलो मात्रामा पानी पसेको हुनसक्ने सङ्केत गर्छ।

उक्त जहाजमा रहेका आपत्कालीन डुङ्गाहरू पनि प्रयोगमा आइसकेको जस्तो देखिन्छ।

मस्क्भा

के घटनाबारे थप जानकारी उपलब्ध छ?

युक्रेनले स्वदेशमा हालै निर्मित नेप्ट्युन क्षेप्यास्त्रद्वारा गत बुधवार सफल रूपमा मस्क्भामाथि प्रहार गरेको जनाएको छ।

नाम उल्लेख नगरी अमेरिकी सञ्चारमाध्यमलाई अमेरिकी अधिकारीहरूले, युक्रेनी पक्षको दाबी आफूहरूले विश्वास गरेको बताएका छन्। तर रुसले भने उक्त दाबी विपरीत विस्फोटका कारण क्षति भएको र आँधीको बखत उद्धार गर्दा डुबेको बताएको छ।

बीबीसीले सार्वजनिक दृश्य तीन जना नौसेना विज्ञहरूलाई देखाएको थियो जसले बारम्बारको क्षेप्यास्त्र आक्रमणपछि क्षति भएको स्वीकारेका थिए। यद्यपि, उनीहरूले अन्य कारणले घटना भएको हुनसक्ने सम्भावना नकारे।

इन्टरन्यासनल इन्स्टिट्युट फर स्टारटेजिक स्टडिजका जोनाथन बेन्थमका अनुसार तस्बिरमा देखिएको जहाज निश्चय पनि रुसी सैन्य जहाज हो। त्यो सम्भावना मस्क्भा हो।

बेन्थमका अनुसार उक्त जहाजमा देखिएको क्षति हेर्दा त्यसमा नेप्ट्युन क्षेप्यास्त्रको हमला भएको हुनसक्छ। तर अहिलेको अवस्थामा अन्य कारणले उक्त क्षति हुने सम्भावना नरहेकोमा जोड दिए।

“बन्दरगाह नजिकै देखिएको धुवाँको मुस्लो पानीको सतहबाट नजिक छ। सामान्यतया शत्रुको रडार छलेर आक्रमण गरिने ‘सि-स्किमिङ’ क्षेप्यास्त्रहरूले यस्तो क्षति गर्छन्। नेप्ट्युन पनि त्यस्तै खालको एक क्षेप्यास्त्र हो,” उनले भने।

रोयल न्याभीको नेतृत्व गरेका अर्का विज्ञ क्रिश पेरीले बीबीसीलाई बताए अनुसार उक्त क्षति क्षेप्यास्त्र आक्रमणले गरेकोमा आफू विश्वस्त रहेको बताए।

“तस्बिरमा जहाजको एउटा भाग नराम्रोसँग क्षति भएको देख्न सकिन्छ,” पेरीले भने।

“आन्तरिक विस्फोटका कारण यस्तो भएको भए जहाजका पुर्जाहरू बाहिरतिर उछिट्टिन्थे। भित्र धस्किँदैन थिए। यसले जहाज धस्किएपछि विस्फोट भएको सुझाउँछ। यस जहाजलाई एक वा दुई क्षेप्यास्त्रले आक्रमण गरेकोमा कुनै शङ्का छैन।”

नेटोका पूर्व कमान्डर समेत रहेका उनले अत्यधिक धुवाँको मुस्लो देखिनुको कारण जहाजकै सतहमा राखिएको क्षेप्यास्त्रमा क्षति पुगेर इन्धन चुहिएपछि भएको भीषण आगलागी हुनसक्छ।

गोलाबारुदको विस्फोट

रोयल युनाइटेड सर्भिस इन्स्टिट्युटका अर्का सैन्य विज्ञ सिद्धार्थ कौशलले बीबीसीलाई बताए अनुसार आगलागीको मुख्य क्षति त्यस स्थानमा देखिएको छ जहाँ उक्त जहाजको गोलाबारुद भण्डारण गरिएको थियो।

“एउटा अनुमान के हुन सक्छ भने प्रारम्भिक हमलाबाट गोलाबारुदमा क्षति पुगी आगलागी सुरु भएको हुनसक्छ,” कौशलले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ,युक्रेन-रुस युद्ध: विश्वको सबैभन्दा ठूलो विमानको भग्नावशेष

समुद्री अवस्था

सामुद्रिक अवस्था जुनसुकै समय बद्लिन सक्ने भए पनि क्रेमलिनले दाबी गरेजस्तो आँधीका कारण मक्स्भा डुबेको जनाउने कुनै पनि दृश्य भिडिओमा देखिएको छैन।

डुब्नुपूर्व रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा “उक्त जहाज नराम्रोसँग क्षति भएको र जहाजका सम्पूर्ण सदस्यहरूलाई उद्धार गरेको” बताइएको छ।

बीबीसीले उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

रुसले हालसम्म कोही पनि हताहत नभएको जनाएको छ।

शनिवार रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडिओमा मस्क्भाका चालक दलहरू क्रिमियाको तटीय सहर सेभास्टोपोलमा परेडमा सहभागी भएको जनाएको छ।

५१० सदस्यद्वारा सञ्चालित यस जहाजले युक्रेनविरुद्धको रुसी जल आक्रमणमा प्रमुख भूमिका निर्वाह गरेको छ। यसअघि स्नेक आइल्यान्डमा रहेका युक्रेनी सीमा दललाई आत्मसमर्पण गर्न चेतावनी दिएपछि मस्क्भा कुख्यात भएको थियो।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।बीबीसीबाट

nactional life
Corporatebazar 11 Anniversary

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु: राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिने

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु: राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १०:३४

काठमाडौँ । मुलुकको सर्वोच्च विधायिकी निकाय सङ्घीय संसद्को बजेट अधिवेशन (वर्षे...

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

आइतबारको बिदा कटौती अभिभावकको माग

आइतबारको बिदा कटौती अभिभावकको माग

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२८

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग...