back
himalayan life

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रि वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल)ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुर्याउन निरन्तर लागी परिरहेको जानकारी गराए ।

साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...