back
himalayan life

नेपालमा विदेशी बैंकको शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी हुनुपर्ने : नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंकले नेपालमा शाखा खोल्नको लागि २ करोड अमेरिकी डलर पूँजी हुनुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै २ करोड अमेरिकी डलर चुक्ता पूँजी तोकेको हो ।

नेपालमा शाखा कार्यालय सञ्चालन गर्न चाहने विदेशी बैंक वा वित्तीय संस्थाले अनिवार्य नेपाल राष्ट्र बैंकको अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ ।

‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउछन्। साथै नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ ।

नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ ।

विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्ने र सर्टिफिकेट अफ डिपोजिट (सीडी) को रुपमा पनि १० करोड रुपैयाँ नै स्वीकार गर्नुपर्ने छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८३ असार १५ सोमवार १७:३४

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ।...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...