back

निर्वाचनमा गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने,आचारसंहितामा के के छ ?

काठमाडौं । निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

आयोगले हिजो बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ ।

त्यस अनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ । त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा भने चारवटा घोडा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।

राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नु पर्ने पनि आचारसंहितामा भनिएको छ । तर सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पाइने छैन। यस्तै एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न नपाइने आचारसंहितामा भनिएको छ ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न पाइने छैन । यस्तै ‘सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनु पर्ने’ पनि भनिएको छ ।

आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्नेछन् । राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्ने छ ।

यस्तै निर्वाचन खर्चको सीमाभित्र रही सम्बन्धित उम्मेदवारको खर्च शीर्षकमा समावेश गरी गर्नु पर्नेछ । ‘सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन’, आचारसंहितामा भनिएको छ ।

 

 


प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक...

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

सुनसरी औराबनीका २० घरपरिवार भूमिहिनलाई भवन निर्माण गरी हस्तान्तरण

वि.सं.२०८१ जेठ ५ शनिवार १०:३२

सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४२

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वल्डलिङ्कको आठ वटैै रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३७

काठमाडौँ  । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ...