back
himalayan life

निर्वाचनमा गाडी नचल्ने ठाउँमा उम्मेदवारले ४ वटा घोडा प्रयोग गर्न पाउने,आचारसंहितामा के के छ ?

काठमाडौं । निर्वाचनमा गाडी नचल्ने ठाउँमा ४ वटासम्म घोडा प्रयोग गर्न पाइनेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

आयोगले हिजो बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा उल्लेख गरिएको छ ।

त्यस अनुसार निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित क्षेत्रमा चुनावी प्रयोजनका लागि दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन प्रयोग गर्न पाइनेछ । त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा भने चारवटा घोडा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।

राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नु पर्ने पनि आचारसंहितामा भनिएको छ । तर सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पाइने छैन। यस्तै एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न नपाइने आचारसंहितामा भनिएको छ ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न पाइने छैन । यस्तै ‘सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनु पर्ने’ पनि भनिएको छ ।

आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्नेछन् । राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्ने छ ।

यस्तै निर्वाचन खर्चको सीमाभित्र रही सम्बन्धित उम्मेदवारको खर्च शीर्षकमा समावेश गरी गर्नु पर्नेछ । ‘सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन’, आचारसंहितामा भनिएको छ ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...