back

आयल निगमलाई तेल किनेको पैसा तिर्न सरकारले ४ अर्ब २५ करोड दिने

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग पेट्रोलियम पदार्थ खरिद गरेको पैसा तिर्न आयल निगमलाई सरकारले रकम दिने भएको छ । सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने भएको हो ।

सरकारले पेट्रोलियम पदार्थको बिक्रीबापत प्रतिलिटर १ प्रतिशतका दरले मूल्य स्थिरिकरण कोषमा जम्मा गर्छ भने यो रकम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्थानीय मूल्य घटाउने लक्ष्यसहित खर्च गरिन्छ ।

तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्न थालेपछि निगम तेल किनेको पैसा तिर्न समेत नसक्ने गरी थलिएको छ ।

सोही रकम तिर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा रहेको मूल्य स्थिरिकरण कोषले निगमलाई उक्त रकम दिने भएको हो ।

निगमले पछिल्लो पटक मूल्य बढाएर पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुर्याएको थियो । मूल्य बढाएपछि पनि निगमलाई १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट २ अर्ब ५० करोड रुपैयाँ घाटा छ ।

कोषले निगमलाई तेल किनेको पैसा भुक्तानी गर्न यसअघि १ अर्ब ८० करोड रुपैयाँ दिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...