back

बीमा समितिका अध्यक्ष सिलवालको प्रमुख आतिथ्यतामा आइएमई जनरल इन्स्योरेन्सको थप २ वटा सेवा शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज सोमबारदेखि थप २ वटा सेवा शुभारम्भ गरेको छ ।

कम्पनीले आइजिआई हेल्थ प्लस बीमालेख र आइएमई इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवाको शुभारम्भ गरेको हो ।

बीमा समितिमा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा उक्त सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ लगायतको उपस्थिति थियो ।

आइजिआई हेल्थ प्लस बीमालेखले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने छ । यस अन्तर्गत परिवारको सम्पुर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

त्यस्तै कम्पनीले सोमबार नै उद्घाटन गरेको ‘आइजिआइ इजि क्यासलेस क्लेम सेटलमेन्ट’ सेवा हाललाई काठमाडौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गत स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा तोकिएका सेवा प्राप्त गर्न सकिनेछ ।

यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरि सेवाको शुरुवात गरेका छन् ।

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार बापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिँधै भुक्तानी गरी लामो दाबी प्रकृयालाई सहज, सरल र झन्झटमुक्त हुने कम्पनीले जनाएको छ ।

सवारी दुर्घटनामा परेका ग्राहकले कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बर, फोन, एसएमएस, भाइवर, ह्वाट्स एप मार्फत जानकारी गराउन सक्नेछन् । यस्तो जानकारी प्राप्त हुने वित्तीकै स्पार्क अटोकेयरले क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म लैजानेछ ।

यस पछि बीमितले कुनै पनि तनाव लिनु पर्ने छैन । अटोकेयरले मर्मत सम्हार गरेर बीमितलाई जानकारी दिनेछ । अटोकेयरले आफैले उपत्यका भित्रका सवारीधनीको घरसम्मै पुर्याउने व्यवस्था मिलाइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...