back
himalayan life

औषधि पत्ता नलागेको रोग

लघुकथा

आकारमा ऊ अरुभन्दा सानो थियो, तर सबैको बीचमा थियो । उसलाई सबैले माया गर्थे । साँच्चै माया गर्थे कि आफ्नो स्वार्थका लागि माया गर्थे भन्ने कुरामा चाहिँ ऊ स्वयम् रणभुल्लमा थियो ।

उत्तर र दक्षिणतिरबाट उसलाई दुई ठूला मित्रले अँगालो हालेका थिए । उनीहरुले त्यसलाई “मित्रवत् अँगालो”को संज्ञा दिएका थिए । मित्रवत् अँगालो हाल्ने मित्रहरु बीचकोलाई तैँले बढी माया देखाउने कि मैले बढी माया देखाउने भन्ने प्रतिस्पर्धामा थिए । त्यसो त उत्तर र दक्षिणका मात्र होइन, पूर्व र पश्चिमकाहरु पनि मित्रता र सहयोगका पोकापुन्तुरा फाल्नमा त्यत्तिकै खरो प्रतिस्पर्धामा उत्रिएका थिए ।

मित्रता र सहयोगको यो रोचक प्रतिस्पर्धा देखेर बीचमा बसेर सहयोग लिइरहेको मित्र भने दंग थियो । आफूले जति अल्छी गरे पनि अरुले प्रतिस्पर्धात्मक सहयोग गरेकोमा ऊ आफ्नो अहोभाग्य ठान्थ्यो । काम नगरी माम खान पाउनु भनेको आफ्नो पूर्व जन्मकै कमाई हो भन्ने उसको बुझाइ थियो ।

एक दिन पश्चिमतिरकोले एउटा ठूलै सहयोगको पोको बीचतिर फाल्यो र भन्यो– “लौ मेरो पवित्र अमृतको पोको लेऊ । यो पोकोबाट तिमीले अजम्बरी प्राप्त गर्ने छौँ ।”

पश्चिमकाले अमृततुल्य अजम्बरी पोको फालेपछि उत्तरतिरको झस्कियो र भन्यो– “होसियार ! त्यो पोको नलेऊ । त्यो पोको अमृतको होइन, विषको हो । बिषले अजम्बरी प्राप्त हुँदैन, मृत्यु हात लाग्छ । बरु त्यो भन्दा राम्रो र ठूलो पोको म दिन्छु, त्यो लेऊ । पश्चिमतिरकाको पोको बहिष्कार गरिहाल ।”

उत्तरतिरकाले आफ्नो पोकोको बिरोध गरेको थाहा पाएपछि पश्चिमकाले फेरि बीचकोलाई भन्यो– “तैँले मेरो पोको लिनै पर्छ । नत्र ….. । नत्र फेरि …. ।

दक्षिणकाले बीचकोलाई फकाउँदै भन्यो– “मित्र ! आफूले काम नगरी माम पाउने गरी पश्चिमाले दिएको यत्रो ठूलो पोको लेऊ र बसीबसी खाऊ । बेकार किन काम गरेर खाने दुःख गर्छौ । बसीबसी खाऊ । हेर, तिमी सानो भए पनि तिम्रो पेट ठूलो छ । त्यो पोको नलिए तिमी अघाउँदैनौ । त्यसैले पोको लेऊ र अघाउँजी खाऊ । काम नगरी खान पाउने मौका नगुमाऊ ।”

काम नगरी खान पाउने कुराले बीचकोलाई एकातिर लोभ पलायो । अर्कातिर विष पो हो कि भने डरले कमायो । बीचको अलमलमा पर्यो । किंकर्तव्यविमुढ भयो । अनि उसले आफँैलाई सोध्न थाल्यो । आफ्ना अंगप्रत्यंगलाई सोध्न थाल्यो । पोको लिऊँ कि नलिऊँ ?

उसका अंगप्रत्यंगहरु बोल्न थाले । उसको एउटा आँखाले भन्यो– लेऊ, अर्कोले भन्यो– नलेऊ । एउटा कानले भन्यो– लेऊ, अर्को कानले भन्यो– नलेऊ । एउटा नाकको प्वालले भन्यो– लेऊ, अर्को प्वालले भन्यो– नलेऊ । एक मनले भन्यो– लेऊ, अर्को मनले भन्यो– नलेऊ । मुखले बिहान भन्यो– लेऊ, बेलुका त्यही मुखले भन्यो– खबरदार नलेऊ ।

बीचको मित्र पोको लिने कि नलिने भन्ने आफ्नै आन्तरिक द्वन्द्वमा पिल्सियो । लिने कि नलिने भनेर सोच्दासोच्दै ऊ बिरामी पर्यो । उसलाई अस्पताल पुर्याइयो । चिकित्सकले परीक्षण गर्दा उसलाई उत्तरआधुनिक प्रकृतिको “स्वार्थ” नाम गरेको रोग लागेको भन्ने पत्ता लाग्यो । जुन रोग सृष्टिको प्रारम्भदेखि नै भए पनि यतिबेला भने महामारिको रुपमा फैलिएको थियो ।

रोग लागेपछि उपचार त गर्नै पर्यो । चिकित्सकलाई सोधियो– “यस रोगको उपचारविधि के हो ? कुन औषधिले यो रोग निको हुन्छ ?” चिकित्सकले प्रेस्कृप्सनमा लेखिदियो– “स्वार्थ भन्ने रोगको अहिलेसम्म कुनै उपचारविधि पत्ता लागेको छैन, न त यसको औषधि नै पत्ता लागेको छ ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

बजेटपछिको शेयर बजार: भ्रम चिर्दै, लमक्क लम्कदै

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०६

नेपालको शेयर बजार अहिले सतहमा हेर्दा केही सुस्त देखिए पनि...