back

वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तकला नेपाली बि.क.ले जितिन् नगद रु. ५ लाख

काठमाडौँ । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुश्री मस्तकला नेपाली बि.क.विजेता घोषित भएकि हुन् ।

उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकि थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सिले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,००० पनि जितिसकेका छन् ।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथन ज्युले भने, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...