back

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ। मेगा बैंक लिमीटेड र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

मेगा बैंक लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरणका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३० करोड ३३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको योजना बनाएको छ ।

प्रस्तावित लाभांश अनुमोदनका लागि आगामी मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा आह्वान भइसकेको र लाभांश सुरक्षित गर्नका लागि मंसिर १४ गतेलाई बुक क्लोज मिति तोकिएको छ । यसको अर्थ बैंकको लाभांश प्राप्त गर्नका लागि आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

आज मेगा बैंकको सेयर किनेर सेयरधनी कायम भएकाहरुले बैंकको वार्षिक साधारणसभामा समेत सहभागी हुन पाउनेछन् । बैंकको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३२३ रहेको छ ।

यसैगरी, मंसिर २८ गतेका लागि नै वार्षिक साधारणसभा आह्वान गरेको ग्लोबल आइएमई लघुवित्तले समेत मंसिर १४ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।

यो कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीका लागि २८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । सो लाभांश प्राप्त गर्न योग्य बन्नका लागि यो कम्पनीको सेयर पनि आजै किनिसक्नुपर्नेछ ।

यो कम्पनीले १२ करोड ८ लाख मूल्य बराबरको बोनस सेयर वितरण गर्ने योजना बनाएको हो । यो कम्पनीको सेयर आजै किन्नेहरुले प्रस्तावित लाभांश समेत पाउनेछन् र वार्षिक साधारणसभा समेत उपस्थित हुनसक्नेछन् । यो कम्पनीको दोश्रो बजारको अन्तिम बिक्री मूल्य २१८५ रुपैयाँ प्रतिकित्ता रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३५

काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...

निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

निर्यात २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...