back
himalayan life

वोमी लघुवित्तको नाफामा सामान्य सुधार, अधिकांश वित्तीय सूचकमा उछाल

काठमाडौँ। वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ४ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १९५.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा १५१.३७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड ६४ लाख रुपैयाँमा सीमित यस्तो मुनाफा समीक्षा अवधिमा बढेर ६ करोड ६४ लाख रुपैयाँ भएको छ।

संस्थाको खुद ब्याज आम्दानी ११७.७१ प्रतिशतले बढेर १० करोड ८ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ४ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा संस्थाले ३ अर्ब ६ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ३ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ४१ करोड १९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ७८.२३ प्रतिशतले बढेर ३५ करोड ४५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १९ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४७.७५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३.७० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६.०६ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...