back

सूर्योदय लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १५९.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा २२१.८ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित यस्तो मुनाफा समीक्षा अवधिमा बढेर १ करोड ५२ लाख रुपैयाँ भएको छ।

संस्थाको खुद ब्याज आम्दानी २८.९७ प्रतिशतले बढेर ७ करोड ४६ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ५ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा संस्थाले ३ अर्ब ४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ६७.१२ प्रतिशतले बढेर २१ करोड ४१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १२ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.४१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.६७ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६.३२ रुपैयाँ रहेको छ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...