back

गठबन्धन सरकार पूरा कार्यकाल टिक्छ: अर्थमन्त्री शर्मा

संखुवासभा । अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको बताएका हुन् ।

उनले अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरुको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने विश्वास व्यक्त गरे । ‘अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकाल चल्छ’ मन्त्री शर्माले भने ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’

प्रतिगमनकारी शक्तिले संसद भंग गरेर केही समय देशमा अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख शर्माले प्रतिगमनकारीहरुले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याउन खोज्दा माओवादीसहितको गठबन्धन निर्माण भएको बताए ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै आयोजित कार्यक्रममा मन्त्री शर्माले पूर्वी पहाडी क्षेत्रको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधन रहेको भन्दै यसको उपयोग गरे संखुवासभामा कायापलट हुने धारणा व्यक्त गरे ।

‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भने ।

सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पु¥याउने मन्त्री शर्माको भनाइ थियो ।
नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलबार संखुवासभा पुग्नु भएको हो । उन बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...