back

देशभरका भाटभटेनीमा प्रभु बैंकको क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

काठमाडौँ । भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा प्रभु बैंकको क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ । बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डौ नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको हो।

आज बिहीबारका दिन नक्सालस्थित भाटभटेनी सुपर मार्केटको प्राँगणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरेका हुन्।

उद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड दिँदै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारका लागि नगदै बोक्नुपर्ने झन्झट हटेकोे बताए।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समयसपेक्ष नवीनतम बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।

अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र ग्राहकको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पेबीचको समन्वयनमा सञ्चालित क्यूआर कोड सेवामार्पmत डिजिटल बैंकिङ सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकले अधिकतम लाभ लिने भन्ने बैंकले विश्वास लिएको छ।
२०७८ कार्तिक १२ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

बजेट लेखनमा बालुवाटारको ‘सरप्राइज’ सक्रियता: अर्थ मन्त्रालय अलमलमा, पोर्टलमा सुझावको ओइरो

वि.सं.२०८३ वैशाख २७ आइतवार २१:३३

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको अन्तिम...

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

आगामी बजेटका लागि परिसंघको सुझाव: व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याउन र लगानीमैत्री नीतिको माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४९

काठमाडौँ । नेपाल उद्योग परिसंघ (CNI) ले आगामी आर्थिक वर्ष...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

भन्सारमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, विदेशी सवारीका लागि ‘अनलाइन टीआईभी’ प्रणाली सुरु

वि.सं.२०८३ वैशाख २२ मंगलवार २०:३४

काठमाडौ‌ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने...

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख २१ सोमवार १३:१६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको...