back
himalayan life

मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट?

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

यो आईपीओमा कुल २३ लाख ९० हजार २१८ आवेदकबाट कुल ३४ करोड ४१ लाख ८३ हजार २९० कित्ता सेयर माग भएको थियो। क्यापिटलका अनुसार कुल आवेदकमध्ये २२ लाख ९४ हजार ४९६ आवेदकबाट माग भएको ३ करोड १९ लाख ४१ हजार ७९० कित्ता सेयर सदर भएको छ। कुल आवदेकमध्ये ९५ हजार ७२२ आवेदकबाट माग भएको २२ लाख ४१ हजार ५०० कित्ता भने रद्द भएको छ।

ती सदर आवेदकमध्ये गोलाप्रथाबाट ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

मध्यभोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।

यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक तथा सहनिष्कासनकर्ताको वेबसाइटहरु, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर मा गएर हेर्न सकिन्छ। आईपीओको अन्तिम नतिजा केही घन्टापछि सार्वजनिक हुने क्यापिटलले जनाएको छ।
२०७८ कार्तिक १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...