back
himalayan life

योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ: मन्त्री अथक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।

स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।”

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गरेका छन् । “ऐन कुरान, बाईबल होईन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री अथकले अगाडी भने, “खेलकुद क्षेत्रको विकासकालागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।”

ऐनलाई बाघको संज्ञा दिदैं मन्त्री अथकले भने, “बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरु देखिएपनि त्यसलाई शंसोधन गर्दै लैजान सकिने बताए ।

साथै नवौं खेलकुद प्रतियोगितालाई समयममै संचालन गर्न आवश्यक तयारी सुरु गरीएको, खेलकुद विश्वविद्यालय संचालनकालागि आवश्यक प्रक्रिया अगाडी बढाईएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरीएको मन्त्री अथकले बताए ।

खेल क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिवद्ध रहेको समेत उल्लेख गरे । खेल गतिविधि संचालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भने, “तपाईहरु योजना ल्याउनुहोस, स्रोतको ब्यवस्थापन राज्यले गर्छ ।”

२०७८ कार्तिक ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...