back

मर्जर पक्रियागत खर्चमा विवाद आएपछि आँधिखोला र धौलागिरि लघुवित्तबिच दरार

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको नियमामक निकाय नेपाल राष्ट्र बैंकले आँधिखोला र धोलागिरि लघुवित्तलाई कारबारहि गर्ने चेतावनी दिएको छ । मर्जर सम्झौता गरेको २० महिना पुग्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि राष्ट्र बैंकले यस्तो चेतावनी दिएको हो ।

डी मर्जको अनुमति माग्दै दुवै सँस्था राष्ट्र बैंक पुगेपनि उनीहरुले देखाएको कारणलाई लिएर राष्ट्रबैंक असन्तुष्ट बनेको थियो ।

कुनै पनि हालतमा मर्जरमा जान नसकिने कारण सहित डीमर्ज चाहेका आँधिखोला र धौलागिरि लघुवित्तसँग राष्ट्र बैंकले लिखित जवाफ मागेको छ। मर्जरको सम्झौता गरेको लामो समय हुँदा पनि एकीकृत कारोबार गर्न नसकेको जवाफ पठाउन राष्ट्र बैंकले १५ दिनभित्र जवाफ दिन दुवै लघुवित्तलाई चिठी काटेको हो।

२०७६ पुष २ गते मर्जर सम्झौता सम्पन्न गरेका दुवै सँस्थाले लामो समयसम्म पनि मर्जरमा नजानुको स्पष्ट कारण बुझाउन नसकेपछि राष्ट्र बैंकले यसको जवाफ मागेको हो।

दुवै संस्थाले डीमर्जको अनुमती माग्दै राष्ट्र बैंकमा निवेदन दिएपछि डीमर्ज गर्नुपर्ने कारण माग्दै राष्ट्र बैकले उनीहरुलाई पत्र काटेको हो। उनीहरुले देखाएको डीमर्जको कारणप्रति असन्तुष्टि देखाउंदै राष्ट्र बैंकले कारबाहीको चेतावनी सहित स्पष्ट जवाफ दिनलाई निर्देशनात्मक पत्र काटेको हो।

दुवै लघुवित्तले दिएको डीमर्जको कारणमा राष्ट्र बैंक असन्तुष्ट रहेको र अहिले पनि सन्तोषजनक जवाफ नपठाएपछि कारबाही गर्ने जनाएको हो ।

यता दुवै लघुवित्तले पनि राष्ट्र बैंकले आफुहरुलाई पत्र काटेको स्विकार गर्दै त्यसको जवाफ यहि भदौ १२ गते पठाई सकेको बताएका छन्। दुवै लघुवित्तले एक अर्काेको कमजोरी देखाई मर्जर हुन नसकेको उक्त जवाफामा उल्लेख गरेका छन् ।

वास्तावमा यी दुई लघिवित्तविच मर्जर पक्रियामा भएको खर्चमा विवाद उत्पन्न भएको हो । मर्जको लागि दुवै लघुवित्तले १० लाख छुट्याएकोमा करिब ८ लाख रुपैयाँ प्रकृयामा खर्च भएको र उक्त खर्च कसले ब्योहोरने भन्ने बिषयमा विवाद भएको छ ।

जुन लघुवित्तले खर्च ब्योहोर्छ उसैको कमजोरी देखिने र राष्ट्र बैंकले पनि सोही लघुवित्तलाई कारबाही गर्ने भएकोले डी मर्ज को प्रकृयामा थप जटिलता थपिएको छ । यद्दपी राष्ट्र बैंकले पछिल्लो समय पत्र काटेपछि आँधिखोला लघुवित्तले धौलागिरिलाई मर्जको प्रकृयामा लागेको खर्च संयुक्त रुपमा ब्योहोरने प्रस्ताव गरेको पाइएको छ।

२०७८ असोज १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...