back

मेगा बैंकले वितरण गर्यो झापामा ‘मेगा किसान कार्ड’

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एन्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमममा मेगा बैंकको माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याललगायतले कृषकलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ सेवासुविधा बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपाय, बचत तथा ऋणको महत्वका बारेमा प्रकाश पारेका थिए।

नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उनीहरुले कृषकहरुले उठाएका जिज्ञासा एवं सवालहरुको समाधान गरेका थिए।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ।

यसका साथै मेगा बैंकले कृषकलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत कृषकले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधीलगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन्।

किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्यााधुनिक सेवा हो। जसले गर्दा किसानलाई बैंकिङ कारोबार गर्न सहज र सरल भएको छ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेलगायतको उपस्थिति थियो।

२०७८ असोज १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...