साताको पहिलो दिन नेप्सेमा भारी पहिरो, ६१ अङ्कले घट्यो
वि.सं.२०७८ असोज १० आइतवार
काठमाडौँ । साताको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ६१ अंक बढीले घटेको हो ।
आज नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ बिन्दूमा कायम भएको हो । आजको दिनमा म्युचुअल फण्ड बाहेक सबै क्षेत्र ओरालो लागेका छन् ।
कारोबारमा आएका २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँको कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी जीवन बीमा समूह ३७१.३१ अङ्क, निर्जीवन बीमा समूह ३५६.७६ अङ्क र वित्त समूह १५६.१७ अङ्कले घटेको हो ।
२०७८ असोज १० गते प्रकाशित
प्रकाशित समय : १७:१७ बजे





















