back

दराजले ल्यायो दसैँ विशेष योजना ‘निःशुल्क सिपिङ, छुटसँगै विभिन्न उपहार जित्ने मौका

nactional life

काठमाडौँ । अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान ‘दराज दसैँ धमाका’ आज (असोज १० गते) सुरु भएको घोषणा गरेको छ।

यो अभियानअन्तर्गत ग्राहकले १० लाख न्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ। अभियानको मुख्य आकर्षणहरु भने निःशुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत (अधिकतम रु २,५००) को छुट रु. ५ हजार सम्मको मेगा भौचर, रु. ५० हजार मूल्यको उत्पादन रु. १ मा जित्ने मौका र बम्पर उपहारका रुपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको छ।

त्यसैगरी दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकलाई अभियानको अवधिमा हरेक दिन भौचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रस आवर, इमेज रिभिउ एन्ड विन, नयाँ प्रयोगकर्ताका लागि भौचर, खेल क्षेत्रहरु, फलो एन्ड विन, बिक्रेता भौउचर र फटाफट डिल रहेका छन्।

कार्ड प्रिपेमेन्ट छुटको कुरा गर्दा ग्राहक डेबिट कार्डका माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २ हजार छुट) र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम रु. २ हजार ५०० छुट) सम्म बचत गर्न सक्षम हुनेछन्। विशेषगरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू र सिटिजन्स बैंकका ग्राहकले पूर्वभुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक ग्राहकहरु एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डका माध्यमबाट ० प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मज्जा लिन सक्नेछन्। यसका साथै आईएमई पे वा इसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु. १ हजार) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।

दराज दसैँ धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन्। दुई रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमी सी २१ वाई, मन्त्रमुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिफायार र श्री बालाजी हिराको झुम्का। स्पष्ट गर्नका लागि, एक ग्राहकले मात्र एक पुरस्कारका लागि खेल्न सक्नेछ। भाग लिनका लागि ग्राहकले अनलाइन प्रिपेमेन्टका माध्यमबाट रु। १ प्रिपे गर्नु पर्नेछ।

यसैगरी दसैँ धमाकामा सामसुङदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको कम्पनीले जनाएको छ। रियलमी सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ। यसका साथै दराज दसैँ धमाकाको ग्राहकले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन्।

यस्तै ग्राहकले दराज जेम्सका माध्यमबाट भौचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन्।

दसैँ धमाकामा एमआई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियलमीजस्ता पार्टनर ब्रान्डहरुले ७० प्रतिशत सम्मको छुट प्रस्ताव गरिरहेका छन्। यतिमात्र नभई ग्राहकले दराजको ग्लोबल कलेक्सनमार्फत भारतको केही उत्कृष्ट ब्रान्ड– उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरी ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन्।

२०७८ असोज १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...