नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको २ लाख ३० हजार ६०३ कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको २ लाख ३० हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शेयर बिक्रीको लागि संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिइने छ । उक्त कित्ता सेयर संस्थापक शेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई शेयर खरिद गरिने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर शाखा, लाजिक्पाट काठमाण्डौंमा आवेदन दिन सक्ने बताइएको छ ।
प्रकाशित समय : १३:५० बजे





















